नेकपा एमाले ३ वडाद्धरा बिर्तामोड नगर अस्पताललाई सहयोग

0
733

झापा ।

नेकपा एमाले बिर्तामोड नगर कमिटिलाई १५ थान अक्सिजन सिलिन्डर बापतको २ लाख २८ हजार ८ सय २८ रुपैंया रकम प्रदान गरिएको छ ।

बिर्तामोड ३ नम्बर वडा कमिटिको अगुवाईमा संकलित रकम नेकपा एमाले बिर्तामोड नगर कमिटि मार्फत बिर्तामोड नगर अस्पताललाई प्रदान गर्ने गरी एमाले नगर कमिटिको कोषमा जम्मा गरिएको हो । आज बिहिबार एक कार्यक्रमकाबिच ३ नम्बर वडा सचिव कोसीस घिमिरेमार्फत नगर सचिव सुवास भट्टराईलाई १५ थान अक्सिजन सिलिन्डर बापतको २ लाख २८ हजार ८ सय २८ रुपैंयाको चेक हस्तानतरण गरिएको नेकपा एमाले बिर्तामोड ३ नम्बर वडा कमिटिका अध्यक्ष कुमार बुढाथोकीले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या बढदै गएपछि देशै भर नीजि तथा सरकारी अस्पतालहरुले अक्सिजन अभाव देखिएको छ । अक्सिजन अभावकै कारण धेरैको अकालमा ज्यान समेत गइरहेको छ । यहि अवस्था आउन सक्ने सम्भावनालाई मध्य नजर गर्दै नेकपा एमाले बिर्तामोड नगर कमिटि मार्फत बिर्तामोड नगर अस्पताललाई ३ नम्बर वडा कमिटिले सहयोग गरेको ३ नम्बर वडा कमिटिका इन्चार्ज मदन बुढाथोकीले बताए ।

दैनिक संक्रमितहरु थपिंदा नीजि तथा सरकारी अस्पतालहरुले अक्सिजन अभावका कारण गम्भिर बिरामीको उपचारमा कठिनाई भइरहेकाले कोरोना संक्रमितको उपचारमा सहयोग गर्न पार्टीले सहयोग गरेको वडा सचिव कोसीस घिमिरेले बताए ।

अक्सिजन सिलिन्डर सहयोग अभियानमा पार्टीका कार्यकर्ताहरुले मात्र नभई सबै ३ नम्बर वडाका नागरिक बुद्धिजिवी तथा सामाजिक अभियान्ताहरुले सहयोग पु¥याएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । यस अभियानमा सहयोग गर्ने सम्पूर्णलाई वडा कमिटि इन्चार्ज मदनले धन्यबाद समेत प्रकट गर्दै सबैको सहकार्य र सहयोगले महामारी नियन्त्रणमा सहयोग पुग्ने बताए ।

अभियानमा अहोरात्र खटिने साथीहरु कैलाश प्रसाई, हरि बांस्कोटा टीका खरेल ,रुद्र सिटौला, प्रबिन पोखरेल, मोहन शिवाकोटी, प्रकाश भट्टराई, हिमाल मैनाली ,चक्र बिमली, गुन्जन प्रसाई लगायत सम्पुर्णमा एमाले ३ न.कमिटीका अध्यक्षय कुमार बुढाथोकीले धन्यबाद समेत प्रकट गरेका छन् । साथै उनले आफ्नै वडामा नगर कोभिड अस्पताल बन्दा सबैले उपचारमा सहजता पाउने विश्वास लिएको बताए ।

यता एमालेले विर्तामोडको नगर अस्पताललाई सहयोग गर्ने उदेश्यले अक्सिजन सिलिण्डर जुटाइरहेको नगर सचिव सुवास भट्टराईले बताए । नगर कमिटिले नगर अस्पताललाई सहयोग स्वरुप ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्ने यस अघि नै घोषणा गरिसकेको बताउंदै नगर सचिव भट्टराईले घोषणा अनुरुप सिलिण्डर संकलनको काम भइरहेको जानकारी दिए । उनले अबको केहि दिनमै नगरलाई घोषणा अनुरुपको सिलिन्डर प्रदान गरिने समेत जानकारी दिए ।

अभियानमा सहयोग गर्ने दाताहरुको लिस्ट

कुमार बुढाथोकी १५ हजार रबिन्द्र न्यौपाने ५हजार, मदन बुढाथोकी २ हजार, कोसिस घिमिरे २ हजार, हिमाल मैनाली १ हजार, प्रकाश भट्टराई १ हजार, नबिन प्रसाइ १ हजार , भुवन ओलि १ हजार , लक्ष्मण पाठक २ हजार, अमृत बस्नेत २ हजार , प्रदिप खरेल १ हजार रुपैंया सहयोग गरेका छन् ।

रुपा बोहोरा ३ हजार , प्रकाश उप्रेती १ हजार १ सय , वसन्त खरेल २ हजार , रबिन खरेल १ हजार ,उमेश आचार्य २ हजार , विकास खरेल २ हजार खगेन्द्र खरेल फर्निचर १५ हजार ,न्यु कन्चनजङा टोल १५ हजार, कैलाश प्रसाई २ हजार, रुद्र सिटौला २ हजार, गुन्जन प्रसाई २ हजार, टिका अधिकारी ११ सय रुपैंया सहयोग गरेका छन् ।

शम्भु प्रसाद पोख्रेल ५ हजार, हरि खरेल २ हजार, नर प्रसाद बिमली १ हजार, जय पाठक २ हजार, मोहन सिवाकोटी २ हजार ५ सय , रेवती रमण सिवाकोटी १ हजार, ज्ञानेन्द्र गौतम २ हजार, लक्ष्मी पाण्डे १ हजार, नबिन किशोर बिमली एण्ड समाबेशी टोल १७ हजार ५ सय मेलिश दाहाल जर्मनीबाट १५ हजार ५ सय १७ , मोहन भट्टराइ कोरियाबाट २ हजार,राजन प्रसाई ३ हजार, प्रताप तामाङ्ग १ हजार ५ सय , दिनेश अधिकारी १ हजार, राम बुढाथोकी ३ हजार ५ सय, हिमा कुमारी श्रेष्ट १ हजार ५ इन्दिरा श्रेष्ट ५ सय , बिकाश मासु पसल १ हजार ५ सय, इन्द्र बाबु बुढाथोकि २ हजार, तेज पाठक २ हजार ५ सय रुपैंया सहयोग गरेका छन् ।

शान्ता सिटौला १ हजार, श्रद्रा पोखरेल १५हजार, सम्पदा पोखरेल खतिवडा १५ हजार, अफ्रोज खान १५ हजार, भक्ती पाठक १५ हजार, गोपाल सिटौला २ हजार १ सय, हिमाल प्रसाई १ हजार, अनुप प्रसाई १ हजार सबिन बस्तोला १ हजार, इन्द्र ओलीले १ हजार ५ सय रुपैंया सहयोग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here