प्रेस युनियन पाँचथरद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

0
802

 

पाँचथर,
नेपाल प्रेस युनियन पाँचथर शाखाले जिल्लाका संचारकर्मी तथा संचारगृहहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोभिड १९ कोरोना भाईरस बाट सावधानी अपनाउँदै संचारकर्मीले सुरक्षित भएर काम गर्न सकुने भन्ने उद्धेश्यले यूनियनले बिहिबार सामाजिक दूरी कायम गर्दे घरघरमै तथा कार्यालयमा लगेर मास्क,सेनिटाईजर,सावुन लगायतका सामाग्री प्रदान गरेको हो ।

संचारकर्मीले फिल्डमा खटिँदा सावधानी अपनाउँदै सुरक्षित भएर काम गर्न सकुन् भन्ने उद्धेश्यले स्वास्थ्य सामाग्री प्रदान गरिएको यूनियनका पाँचथर अध्यक्ष जितेन्द्र भण्डारीले बताउनुभयो ।

यूनियनले सदरमुकाम फिदिममा रहेका एफ.एम तथा पत्रिकाको कार्यालय तथा अन्य संचारकर्मीहरुलाई ती सामाग्री प्रदान गरेको हो ।

सामग्री उपलब्ध गराउन सहयोग पुरयाउने नेपाल अलैँची ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष नरेन्द्र प्रसाद अधिकारी र समाजसेवी नेपाली काग्रेसका यूवा नेता सूर्य नेम्बाङलाई यूनियनले धन्यवाद प्रकट गरेको छ ।

सवै संचारकर्मीहरुलाई अहिले घरमै सुरक्षित रहेर समाचार सम्प्रेषण गर्न पनि यूनियनले आग्रह गरेको छ । आगामी दिनमा पनि संचारकर्मीको समस्यालाई मध्यनजर गर्दे विविध कार्यक्रम गर्दे अघि वढ्ने यूनियनका अध्यक्ष भण्डारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here