लाखौं रुपैंया नगद सहित सरसामानहरु चोरी गर्ने दुई जना पक्राउ

0
1181

मोरङ।

मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने दुई जनालाई पक्राउ गरी आइतबार सार्बजनिक गरिएको छ ।

पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभि एक थान, कानमा लगाउने झुम्का तीन थान, एलसीडी टिभि एक थान, मोवाईल दुई थान, फलामे कराई एक थान, फलामे औजार चार थान, चाँदीको सिक्री एक थान र नेपाली नगद ५ लाख ८ हजार ७ सय तीन रुपैंयासहित पक्राउ गरेको हो ।

पक्राउ परेकाद्धय चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here