पाँचथरमा घटेन सङ्क्रमण

0
544

पाँचथर, 

पाँचथरमा कोरोना भाइरस सङ्क्रमण अझै घट्न सकेको छैन् ।

करीब ४० दिनदेखि जारी निषेधाज्ञाका बाबजुत पनि पाँचथरमा सङ्क्रमण अझै घट्न नसकेको हो ।

आज मात्रै पाँचथरमा ८६ जना सङ्क्रमित थप भएका छन् । कूल ३७३ जनाको एण्टिजेन परीक्षण गरिएकामा ८६ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पाँचथरको दैनिक प्रतिवेदनले देखाएको छ ।

यो सङ्ख्यासँगै जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको कूल सङ्ख्या १८३४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here