ढ्याङ्ग्रेमा पक्की पुल

0
971

कमल ।

कमल गाउँपालिका वडा नम्वर–२ स्थित ढ्याङ्ग्रे खोलामा पक्की पुल निर्माणको काम सम्पन्न भए सँगै वर्षैभरि यातायात सञ्चालनमा सहज हुने भएको छ ।

गाउँपालिकाको वडा नम्वर–२स्थित क्याम्पा र समयगढ बजारको बीचको पर्ने ढ्याङ्ग्रे खोलामा पुल नभएका कारण वर्षायाममा क्याम्पा र समयगढ बजार बीच आवतजावत बन्द हुन्थ्यो । पुल निर्माणको काम सम्पन्न भएपछि अब वर्षैभरि आवतजावतमा सहज हुने भएको वडा नम्वर २का अध्यक्ष तारानाथ न्यौपानेले बताए ।

३५ लाख ४३ हजार ६२७ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको पुल सञ्चालनमा आएपछि कमल गाउँपालिको केर्खा, क्याम्पा, समयगढ, बाँसवारी हुँदै गौरादहसम्म पुग्नका लागि सहज भएको अध्यक्ष न्यौपानेले बताए ।

पुल नभएकाले यहाँका जनतालाई धेरै समस्या थियो । बर्खाको समयमा सामान्य समान खरिद गर्नदेखि बिरामी भएको बेला औषधि किन्नका लागि समेत धेरै घुमेर मात्र बजार पुग्नुपर्ने बाध्यता थियो । अब पुल निर्माण भएपछि त्यो सबै समस्या हटेको स्थानीयवासी महेन्द्र पौडेलले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here