रोटरी क्लव मिडटाउन बिर्तामोडमा एक्सेलका सीईओ पोखरेल

0
876

झापा, रोटरी क्लब बिर्तामोड मिडटाउनको सन २०२१ ÷०२२ को अध्यक्षमा दिनेशकुमार पोखरेल चयन भएका छन् ।
पोखरेल एक्सेल बैंकका सिइओ हुन् ।

त्यसैगरी क्लवको आईपीपीमा भेषराज भण्डारी ‘प्रशान्त’ छन् भने प्रेसिडेन्ट इलेक्टमा सुमन शर्मा जमरकट्टेल, प्रेसिडेन्ट नोमिनीमा सिद्धार्थ नवीन उप्रेती, सेक्रेटरीमा गजेन्द्रबहादुर पौडेल, ज्वाइन्ट सेक्रेटरीमा पुष्पाञ्जली सिन्हा ठकुरी, ट्रेजररमा राजीव जैन, टिच कोर्डिनेटरमा शरद जोशी ,आइटी अफिसरमा रोशन बुढाथोकी, सर्जेन्ट एट आम्समा शारदा रिजाल र जीपी पाण्डे, क्लब एडिटरमा लक्ष्मण अग्रवाल, क्लब मेन्टरमा होमबहादुर कार्की, ट्रेनिङ कोअर्डिनेटरमा मिनु शिवाकोटी, क्लब एडमिनिष्टे«शन चेयरमा मनोज अग्रवाल, मेम्वरसीप डाइरेक्टरमा जगत शर्मा, पब्लिक रिलेशन डाइरेक्टरमा सिजर राजभण्डारी, सर्भिस प्रोजेक्ट चेयरमा राजेन्द्र अग्रवाल रहेका छन् ।
त्यस्तै टीआरएफ चेयरमा उदिम न्यौपाने, युथ सर्भिस कोअर्डिनेटरमा गायत्री सुवेदी, रोट्रयाक्ट कोअर्डिनेटरमा प्रियंका शर्मा, इन्टर्याक कोअर्डिनेटरमा विवेक कोइराला, इनरह्वील कोअर्डिनेटरमा अर्पना घिमिरे चयन भएका छन् । त्यस्तै १२ जना क्लब डाइरेक्टरहरु छानिएका छन् । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले सन् २०२० मा एकका लागि एक अभियानसँगको सहकार्यमा अक्सिजन बैंकको स्थापना , मनमोहन हस्पिटलमा डाइलोसिस मेसिन स्थापना, सोही अस्पतालमा मेडिकल भेन्टिलेटर स्थापना, क्लबलाई शतप्रतिशत पीएचएफ बनाउनेजस्ता महत्वपूर्ण काम गर्न सफल भएको निवर्तमान अध्यक्ष भेषराज भण्डारी प्रशान्तले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here