मानिसको महत्व के हो ?

0
1157

पहिलेका मानिसहरु धनी, गरीब जे भए पनि प्रायः खेतीमै व्यस्त हुन्थे । जीवन निर्वाह र परिवार चलाउनका लागि घाँस, दाउरा, हलो, कुटो, कोदालो, खाँबा, बलाका काम दैनिक व्यवसायका रुपमा गर्दथे । भारी बोक्नेदेखि ओराली–उकाली हिँड्ने गरिन्थ्यो । वैकल्पिक साधनका रुपमा घोडाको प्रयोग गर्थे । तर, मधेस–पहाड गर्नुपर्दा प्रायः पैदलै हिँड्ने गर्दथे । बिहानदेखि बेलुकासम्म आफूलाई शारीरिक रुपमा व्यस्त राख्ने गर्दथे । बेलुकाको खाना ढिलै खाएर सुत्ने गर्थे । बिहान काम भए पनि नभए पनि सबेरै उठ्ने चलन थियो । सूर्य उदाउने बेलासम्म सुत्नु हुँदैन, स्वास्थ्यमा हानी हुन्छ भन्ने मान्यता थियो । अहिलेको जस्तो भौतिक सुख भने थिएन ।

उतिबेला बिफोर, हैजा, मेलेरिया जस्ता घातक रोगका समस्या आउने गर्दथे । तापनि रोगीलाई अलग्गै राखी जडिबुटी खान दिने र अरु खानपिनका बढी ध्यान पु¥याउने गर्दथे । तर, त्यस्ता हैजा र रोग कसै–कसैका घरमा मात्र सीमित रहन्थ्यो । व्यापकरुपमा फैलिन पाउँदैनथ्यो । आफ्नो घर झुपडी नै भए पनि त्यसबेला खान, बस्न, बाँच्नमा कुनै असहज थिएन । बिहान छिट्टै उठ्ने र बेलुका ढिलो सुत्ने चलन थियो । कोही मरिमराउ, व्रत, विवाह, बालन आदि कार्यमा बाहेक रातमा जाग्राम बस्ने कतै पनि चलन थिएन । दिनभरि काम गर्ने÷गराउने र रातमा आरामसँग निर्धक्क सुत्ने गर्दथे ।

अहिलेको जस्तो नाइट र डे ड्युटी भन्ने काम पर्दैनथ्यो । रातभर आराम गर्ने र दिनभर काम गर्ने समय हो भन्ने मान्यता थियो । घर बनाउँदा ८–१२ संख्याको बनाउनु हुँदैनथ्यो । ८ र १२ वटा खम्बा, झ्याल, ढोकाको घर बनाएमा धनजनको समेत क्षति हुन्छ भन्ने मान्यता थियो । अतिथिहरुसँगको भेटघाटमा अलग्गैबाट दर्जा अनुसारको सबैलाई नमस्कार गरी सम्मान प्रकट गर्दथे । घरका मातापितालाई तीर्थ सामान मानेर पूजा गर्ने र आदरसम्मान गर्ने चलन थियो । दिदी–बहिनीलाई घरका लक्ष्मी समान मानेर दाजुभाइले इज्जत गर्थे । त्यसबेला हात मिलाउने, अङ्कमाल गर्ने आदि चलनै थिएन । आफू सुतेको ओछ्यान आफू उठ्ने बित्तिकै बिछ्यौना आफैं उठाएर राख्ने गर्दथे । नयाँ अन्न खान शुरु गर्नुपरेमा साइत जुराएर होमादि गरेर मात्र न्वागीका रुपमा खाइन्थ्यो । नक्षत्र, बार, महिना, गते र तिथि मिलेको दिन साइतमा मात्र दाउरा, बाँस, घर छाउने, सिरु, खर काट्ने चलन थियो ।

साइत मिलाएर गरिएको कामबाट हानी नहुने विश्वास थियो । साइतमा काटेका काठ, बाँसमा धुल्याहा नलाग्ने, आगजनीको भय नहुने विश्वास थियो । साँझमा खानु, सुत्नु र पढ्नु हुँदैन, यसो गरेमा रोग लाग्छ वा घरमा अशान्ति हुन्छ भन्ने गरिन्थ्यो । त्यसैगरी साँझमा झगडा गर्नु र ठूलो स्वरले कराउनु हुँदैन ज्ञान मासिन्छ भन्ने मान्यता थियो ।

साँझको बेलामा कसैसित लेनदेन पनि गरिँदैनथ्यो । कुनै महत्वपूर्ण निर्णय लिन पनि शुभ साइत पर्खन्थे । साइत नमिलाई गरिएको कामबाट घाटा, दोष, रोग, असफलता, अभाव र पारिवारिक–सामाजिक क्षेत्रमा समेत अविश्वास हुन्छ भन्ने चलन थियो । गाउँ–घरमा नुन, तेल आदि लेनदेन छ भने ग्रहण लाग्नुभन्दा अगाडि नै तिरिसक्नुपर्छ नत्र त्यसको नकारात्मक असर परेर समस्या आइलाग्छ भनेर सतर्कता अपनाउने गर्दथे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here