कारको ठक्करबाट धावक तेजेन्द्र प्रधानको मृत्यु

0
473

झापा,

कारको ठक्करबाट धावक तेजेन्द्र प्रधानको मृत्यु भएको छ। दमक नगरपालिका-५ का २५ वर्षीय प्रधानको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आइतबार राति पौने ९ बजे मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार नौ दिनअघि दमक-२ स्थित आम्दा अस्पताल सडकखण्डमा बा १६ च ३७२६ नम्बरको कारले सडकमा दौडिरहेका प्रधानलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी टाउकोमा गहिरो चोट लागेको प्रधानको बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो।

कार र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए। धावक प्रधानले छोटो समयमा नै मोफसलदेखि राष्ट्रियस्तरका दौड प्रतियोगितामा विभिन्न पुरस्कार प्राप्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here