नवनिर्वाचित पदाधिकारीलाई सपथग्रहण

0
1224

दुहागढी ।


चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवनिर्वाचित समितिको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका संयोजक टेकनाथ उप्रेतीले नवनिर्वाचित पदाधिकारीहरुलाई सथपग्रहण गराएका थिए ।

सोही कार्यक्रमका बिच संस्थाका निवर्तमान अध्यक्ष लाल बहादुर थेवेले नवनिर्वाचित अध्यक्ष मधुसुदन निरौलालाई बैठक पुस्तिका प्रदान गरेर पद हस्तान्तरण गरेका थिए ।

दुई दिन अघि सम्पन्न निर्वाचनमा मधुसुदन निरौलाको अध्यक्षतामा संस्थाको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नवगठित समितिको उपाध्यक्ष पुष्पा बोखिम लिम्बु, सचिव टंक कुमार रिजाल र कोषाध्यक्षमा कमला लिम्बु चयन भएका छन् ।

संस्थाका सदस्यहरुमा सुदर्शन बराल, मुना श्रेष्ठ, विनोद मेचे, भेषराज प्रसाईं र रत्ना मादेन लिम्बु रहेका छन् । त्यसैगरी मोहन अधिकारीको संयोजकत्वमा रिता रिजाल र ईन्द्रमणि प्रसाईं सदस्य रहेको लेखा समिति समेत सर्वसम्मत चयन भएको जनाइएको छ ।

नवनिर्वाचित अध्यक्ष निरौलाले प्रतिबद्धता मन्तव्य राखेको कार्यक्रममा विभिन्न वक्ताहरुले नवगठित समितिलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा धुलाबारी खानेपानीका अध्यक्ष अजय घिमिरे, काँकरभिट्टा खानेपानीका अध्यक्ष राजकुमार पराजुली, संस्थापक अध्यक्ष शरद शिवाकोटी, मेचीनगर ११ का वडा अध्यक्ष सन्तोष मेचे, प्रमुख अतिथि मेचीनगर १२ का वडा अध्यक्ष नरेन्द्र धिमाल लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका निवर्तमान अध्यक्ष लाल बहादुर थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य मोहन खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here