बुद्धशान्ति ‘सिल’

0
884

झापा।

कोरोना संक्रमितको संख्या पछिल्लो समय ह्वात्तै बढेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गरी मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी साउन १२ गते मध्यराति १२ बजेसम्मका लागि गाउँपालिका सिल गरिएको जनाएको छ ।

कोभिड–१९को संक्रमणको जोखिम न्यूनीकरणका लागि गाउँपालिका एक हप्ताका लागि सिल गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ । सिल अवधिमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको छ ।

पालिकाले औषधि, खाद्यान्न, तरकारी र दूध तथा दूधजन्य पदार्थका पसल तथा व्यवसाय बाहेक अन्य सबै पसल तथा व्यवसाय बन्द गर्न निर्देशन दिएको छ । तरकारी, खाद्यान्न, दूध तथा दूधजन्य पसल तथा व्यवसाय पनि बिहान ६ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाइएको छ । यो अवधिमा गाउँपालिकाबाट प्रदान गरिने अतिआवश्यक बाहेक अन्य सबै सेवाहरु स्थगित गरिएको समेत जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ला रहनेछन् । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले कार्यालयमा आवतजावतको लागि परिचय–पत्रको आधारमा बिहान ९ देखि १० तथा बेलुका ५ देखि ६ बजेसम्म आवतजावत गर्न पाउने सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here