फुटवलका पूर्व राष्ट्रिय रेफ्री तिलकबहादुर गुरुङको निधन

0
472

बिर्तामोड ।

फुटबलका पूर्व राष्ट्रिय रेफ्री तिलकबहादुर गुरुङको आज बिहान निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित गुरुङको उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ। झापाली फुटबलका हस्ती ६६ वर्षीय गुरुङ बिर्तामोड–३ का स्थायी बासिन्दा हुन् ।

गुरुङ झापा जिल्ला फुटबल संघका संस्थापक सदस्य थिए । बिर्तामोड फ्रेन्डस क्लबका संस्थापक समेत रहेका गुरुङले बिर्तामोडमा फुटबलको विकासमा महत्वपूर्ण योगदान गरेका छन् ।

गुरुङको निधनले फुटबल क्षेत्रमा अपुरणीय क्षति पुगेको खेल प्रेमीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here