वैदेशिक रोजगार कसुर मुद्दाका फरार एक जना पक्राउ

0
580

झापा ।

बैदेशिक रोजगार न्यायाधिकरणको २०७५ साल भदौं ९ गतेको फैसला बमोजिम बैदेशिक रोजगार कसुर मुद्धा शिर्षकमा एक ब्यक्ति पक्राउ परेका छन् ।

कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहेका झापाको शिवसताक्षी–८ का ३३ वर्षीय नबिन गजमेर रहेका छन् ।

सर्वोच्च अदालत निर्देशानालयद्धारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ उनलाई बुधबार पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकार िदिए ।

उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत बुझाए लगत्तै एक वर्ष छ महिना कैद भुक्तानको लागि कारागार कार्यालय चलान भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here