फोकल पर्सन खड्काले लार्परवाही गरेको पुष्टि

0
838

झापा, गत साउन १५ गते बिर्तामोडस्थित टाइमलेस मुमेन्ट होटलमा कोभिड १९ विरुद्धको चाइनिज खोप (भेरोसिल) को व्यवस्थापनमा बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन खड्काले लार्पवाही गरेको पुष्टि भएको छ ।

टाइमलेस मुमेन्ट होेटलवाट साउन १६ गते १०३ भाइल खोप होटलवाट जफत भएपछि सहाय प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा बनेको समितिले मानिसलाई मृत्युको मुुखबाट बचाउने संवेदनशील बस्तु होटलजस्तो असम्विन्धित ठाउँमाा सरकारी गाडीले ढुवानी गरी पुर्याउनुु र होटलक कर्मचारीलाई जिम्मा लगाउनुले खोप फोकल पर्सन खड्काले लापरवाही गरेको छानविन समितिको निस्कर्ष छ ।
छानविन समितिले तयार पारेको प्रतिवेदन सोमवार प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन बुझ्दै प्रजिअ श्रवणकुमार तिमिल्सिनाले समितिलाई धन्यवाद दिदै डीसीएमसीको वैठकमा प्रतिवेदन पेश गर्ने र डीसीएमसीको निर्णय बमोजिम कार्वाहीका लागि माथिल्लो निकायमा पठाउने बताएका छन् ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कोषाध्यक्ष रञ्जित प्रसाई, रासस झापा प्रमुख अम्बिका भण्डारीको उपस्थितिमा प्रतिवेदन बुझाइएको हो ।

समितिका संयोजक रिमालले गलत मनसायबाट होटलमा खोप नपुर्याएको जानकारी दिए । होटलमा खोप बुझ्नु चरमलापरबाही भएको छ प्रतिवेदनमा भनिएको छ ।
समितिले खड्कासँग लिखित स्पष्टीकरण मागेको थियो । यस्तै, स्वास्थ्य कार्यालय , नगरपालिका, प्रत्यक्षदर्शी र होटल सञ्चालकसँग सोधपुछ गरेको थियो । समितिले स्वास्थ्य कार्यालयबाट खोप प्रक्रिया पुरा गरेर वा नगरिी पठाएको भन्ने बारे खोजी गरेको छ । खोप छानबिन समितिले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि भएको देखिएकोले खोप बुझ्ने र बुझाउने दुबै पक्षका सम्बन्धित कर्मचारीलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पत्रचार गर्ने राय सहित प्रतिवेदन सार्वजनिक गरेको छ ।
१०३ भायल खोप लुकाएको भन्ने घटना व्यापक भएको थियो । खोप लुकाएको भन्ने सुनेर बिर्तामोडका नागरिक आक्रोसित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here