नेपाल राष्ट्रिय बंगाली समाज भद्रपुर नगर समिति गठन

0
648

झापा ।

नेपाल राष्ट्रिय बंगाली समाज भद्रपुर नगर तदर्थ समिति गठन गरिएको छ ।

नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको विधान अनुसार भद्रपुर ६ बंगाली युवा क्लबमा शुक्रवार आयोजित एक भेलाले राजा मण्डलको संयोजकत्वमा भद्रपुर नगर तदर्थ समिति गठन गरेका छन् ।

भेलाले सर्वसम्मत रुपमा समितिको सदस्यहरूमा रवीन्द्र घोष, मानस घोष, विजय साह, जयिता राय, मनीषा मण्डल, रितु बर्मन राय, सञ्जय आइच, राहुल चक्रवर्ती, रञ्जित मण्डल, अरूप घोषलाई चयन गरेका छन् । त्यस्तै सल्हाकारहरुमा अमूल्य मण्डल, सञ्जय घोष र निर्मल घोष रहेका छन् ।

नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सदस्य अनुप रायको संयोजकत्वमा भएको भेलामा नेपाल बंगाली समाजका सचिव जयन्ती मानी, अमूल्य मण्डल, पार्थ मण्डल, राजा मण्डल, सञ्जय आइच, सञ्जय घोष, निर्मल घोष र मानस घोष लगायतले आआफ्नो धारणा राखेका थिए ।

भद्रपुर नगर तदर्थ समिति गठन गरिए पनि यसअघि भद्रपुरमा गठित नेपाल बंगाली समाज, बंगाली युवा क्लब र बंगाली महिला मञ्चलाई यथावत् राखेर अघि बढ्ने छलफलले निष्कर्ष निकालेको छ ।

नेपाल राष्ट्रिय बंगाली समाजले देशभर छरिएर रहेका बंगाली समुदायको हक अधिकार सुनिश्चितताका लागि बंगाली आयोग गठनका लागि राष्ट्रव्यापी अभियान थालेको छ । सोही अभियान अनुसार जिल्लाका स्थानीय तहहरूमा समिति गठन गर्नुका जिल्ला कमिटी अभियानलाई तीव्रता दिएको छ ।

सोही अभियान अनुसार बंगाली समुदायको पहिचान गर्दै अहिले देशभर कमिटि गठन कार्यलाई तीव्रता दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here