प्राज्ञिक विद्यार्थी परिषद्द्वारा धादिङका बाढी पहिरो प्रभावितलाई राहत वितरण

0
751

विराटनगर ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित धादिङ जिल्लाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

परिषदले धादिङको नीलकण्ठ नगरपालिका, खनियावास गाउँपालिका, रुवीभ्याली गाउँपालिका र आमाको माया छात्राबासलाई विभिन्न प्रकारका टेन्ट, प्लास्टिक सिट, सुत्ने म्याट, अत्यावश्यक औषधि लगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ ।

धादिङ जिल्लामा वितरण गरिएको राहत सामग्रीमा १०० थान सुविधा सम्पन्न टेन्ट, १०० थान प्लास्टिक सिट्स, ६७० थान स्लिपिङ म्याटस वितरण गरिएको छ ।

उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए । धादिङ लगायत सिन्धुपाल्चोक, गोरखा, मनाङ, रसुवा र दोलखा जिल्लामा वितरण गर्ने योजना रहेको परिषद्का राष्ट्रिय महासचिव न्यौपानेले जानकारी दिए ।

शनिबार धादिङवेसीमा सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव द्वय नारायण तिमिल्सिना र राधा पोख्रेल धादिङ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्र, खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका स्वास्थ संयोजक राज तामाङ र वडा सदस्य गमन तामाङ ,नीलकण्ठ नगर पालिकाका शिक्षा संयोजक तुलबहादुर महतको उपस्थिति रहेको थियोे ।

राहत सामग्रीहरू खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुविभ्याली गाउँपालिकाका प्रतिनिधि गमन तामाङ, राज तामाङ, नीलकण्ठ नगरपालिकाका शिक्षा संयोजक तुलबहादुर महत, आमाको माया छात्रावासका उपाध्यक्ष भरत खतिवडालाई हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here