कक्षा-१२ का परीक्षार्थीलाई खोप दिईदै

0
766

छविराज ढकाल/पथरीशनिश्चरे, 

आगामी भदौ -३० गतेदेखि सञ्चालन हुने भनिएको कक्षा-१२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई आज आईतबार कोरोना भाईरस विरुद्धको एस्ट्राजेनिका खोप लगाउन थालिएको छ ।

वर्तमान सरकारले कक्षा-१२ का परिक्षार्थीलाई खोप उपलब्ध गराएर मात्र भौतिक रूपमा संचालन हुने परीक्षामा सामेल गराउन स्थानीय तहहरूलाई निर्देशन दिएबमोजिम नै उक्त खोप उपलब्ध गराउन लागिएको हो ।

कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न भन्दै यस अघि पटक पटक स्थगन हुँदैआएको उक्त परिक्षा भौतिक रूपमै लिइने भनी आगामी भदौ ३१ गतेदेखिको मिति तय भैसकेको छ ।

सोहि अनुरुप मुलुकभर संचालन हुने उक्त परीक्षामा सहभागी हुने पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रभित्रका ६ वटा सामुदायिक र ३ संस्थागतसहित ९ विद्यालयहरूका १ हजार ३ सय ८८ जना परिक्षार्थीलाई पनि एस्ट्राजेनिका खोप उपलब्ध गराईदैंछ ।

आज २० गते र भोलि २१ गतेसम्म नगरभित्रका तोकिएका नगर अस्पताल , शनिश्चरे र हसन्दह स्वास्थ्य केन्द्रबाट खोप लगाउने नगरका जनस्वास्थ्य प्रमुख मुरारी आचार्यले जानकारी दिनुभएको हो।

नगरपलिका क्षेत्रमा रहेका पञ्चायत , बुद्ध , जनता , सिंहवाहिनी , भगीरथ र अमरदह लगायतका विभिन्न मा वि मा अध्ययनरत कूल १ हजार ८ जना विद्यार्थीहरुले खोप लगाउदै छन् भने निजी संस्थापक विद्यालयहरू रेडस्टार, वाल्मिकी र एभरेष्ट मा वि का ३ सय ८० बढि विद्यार्थीहरुले उक्त खोप लगाउने बताईएको छ ।

पञ्चायत, रेडस्टार , एभरेष्ट र वाल्मिकी माविका विद्यार्थीले आफ्नो परिचय पत्रका आधारमा वडा नं २ को नगर अस्पतालमा खोप लगाउन सक्ने छन् भने वडा नं ८,९ र १० मा रहेका विद्यालयका विद्यार्थीलाई शनिश्चरे स्वास्थ्य चौकीबाट खोप उपलब्ध गराइने भएको छ । साथै, नगरका दक्षिणी भूभागमा रहेका अन्य स्कूलका परिक्षार्थीलाई हसन्दह स्वास्थ्य केन्द्रको रूपमा तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here