कोरोना कहरका बीच होटल व्यवसायीको तीज मिलन कार्यक्रम

0
627

बिर्तामोड ।

होटल व्यवसायी संघ झापाले आइतबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

झापाको बिर्तामोडमा भएको कार्यक्रममा प्रदेश अध्यक्ष राजन दंगालले होटल ब्यवसायस्हरु धराशायी बनेको उल्लेख गरे । प्रदेश–१ का अधिकांश होटलहरु धरासायी बन्ने अवस्थामा पुगिरहेका बेला होटल ब्यवसायी संघ झापाले होटलका ब्यवसायीहरुलाई जागरुक गर्दै अघि बढ्न प्रेरणा दिने हिसावमा तीज कार्यक्रम सञ्चालन गरेको भन्दै प्रशंसा गरे ।

बिर्तामोडमा भएको कार्यक्रममा झापाभरका होटल ब्यवसायीहरुको सहभागिता रहेको थियो । जिल्ला अध्यक्ष इन्दीरा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोरोनाका कारण सबैभन्दा धेरै असर परेको होटल ब्यवसायका क्षेत्रमा अवद्ध ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

तीज मिलन कार्यक्रमको प्रयोजन टाइगर ब्रुअरीले गरेर होटल ब्यसायीसंगको सम्बन्ध अझ मजबुद बनाएको झापा अध्यक्ष श्रेष्ठले बताइन् । उनले टाइगर ब्रुअरी उत्पादन पेय पदार्थ उत्कृष्ट रहेको उल्लेख गरिन् ।

झापामा मात्रैं करिब एक हजारभन्दा धेरै होटलहरु ब्यवसायीकरुपमा दर्ता भएर सञ्चालनमा रहेका छन् । कोरोना भाइरसको संक्रमणका होटल ब्यवसाय धरासायी बन्ने अवस्थामा पुगिरहेका बेला आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर तीज मिलन कार्यक्रम गरेको होटल ब्यवसायी संघ झापाका महासचिव शिव पौडेलले जानकारी दिए ।

लामो समयको कोरोना भाइरसका कारण बन्द अवस्थामा रहेको होटल पूर्ण रुपमा सञ्चाचलनमा ल्याउन समस्या भएको भन्दै राज्यले होटल ब्यवसायीहरुलाई अपहेलना गरेको प्रदेश–१ का सल्लाहकार ज्ञान बहादुर कार्काीले जानकारी दिए ।

कार्यक्रममा जिल्लाभरका करिब सात सय होटल ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here