विद्यार्थीसंग मनोमानी शुल्क उठाए सशक्त आन्दोलन गर्ने

0
595

झापा,

झापाका सामुदायिक विद्यालयले विद्यार्थीसंग गैरकानूनी ढंगले शुल्क लिइरहेको र कक्षा १० सम्म पूर्ण रुपमा शिक्षालाई निःशुल्क बनाइनु पर्ने लगायतका छ सूत्रीय माग राख्दै तीन बिद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

बिर्तामोडमा सोमवार पत्रकार सम्मेलन गर्दै सामुदायिक विद्यालयमा दिवा खाजा अन्तरगत २०७७÷०७८ मा आएको वजेट सार्वजनिक गरिनु पर्ने, सामुदायिक विद्यालयमा सञ्चालक समिति तु– गठन गरिनु पर्ने, अग्रेजी माध्यममको वहानामा सामुदायिक विद्यालयमा पुस्तक किन्न आएको रकमको अनियमितता देखिएकाले तत्काल छानविन गरी दोषी उपर कारवाही गर्नु पर्ने, संस्थागत विद्यालयले लिदै आएको अनलाइन कक्षा वापतको मासिक शुल्क ५० प्रतिश भन्दा बढी नलिन संस्थागत विद्यालयलाई निर्देशन गर्न र पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत नगरिएका पुस्तकहरु बन्देज गर्न माग गरिएको छ ।
अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियन विद्यार्थी संघठनका पदाधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा झापाका १५ वटै पालिकामा माग पत्र वुझाउने कार्यक्रम तय भएको उल्लेख छ ।

विज्ञप्तिमा नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती, अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदी समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष सुनिल मेचेद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोभिडको असहज परिस्थितिमा विद्यार्थी र अभिभावकलाई त्रसिद् एवम भयभित पार्दै सामुदायिक तथा निजी विद्यालयले शुःक असुलीरहेकाले विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विद्यार्थी संगठनले भदौ २२ देखि २४ गते स्थानीय शिक्षा शाखामा माग पत्र पेश गर्ने, २३ गते जिल्ला शिक्षा समन्वय इकाई, जिल्ला प्रशासन कार्यालय, प्याव्सन, एनप्याव्सनलाई ध्यानाकर्ष पत्र बुझाउने, २६ गतेसम्म माग पूरा नगरिए शैक्षिक संस्था, लेखा शाखा तालाबन्दी गर्नेलगायतका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।
कोरोना भाइरसको महामारीमा पनि अनलाइन कक्षा सञ्चालन बापत विद्यालयले चर्को शुल्क असुलेकोप्रति स्थानीय तहलाई ध्यानाकर्षण गराए पनि त्यसको कुनै प्रवाह नगरेको उनीहरुको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here