मेचीनगरक्षेत्रमा २७ हजार ५ सय २४ जनाले कोभिड १९ विरुद्धको खोपको दुवैमात्रा लगाए

0
604

मेचीनगर,

मेचीनगरक्षेत्रमा २७ हजार ५ सय २४ जनाले कोभिड १९ विरुद्धको खोपको दुवैमात्रा लिइसकेका छन् । भदौ ३० गतेसम्ममा खोपको दुवै मात्रा लिनेको संख्या यति पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शाखा संयोजक सविता सापकोटा निरौलाका अनुसार कोभिसिल्डको पहिलो मात्रा ५ हजार ६ सय ८१ जनाले लिए पनि एस्टाजेनिकसहित अहिले खोपको दुवै मात्रा पुरा गर्नेको संख्या नगरमा ९ हजार २ सय ४२ पुगेको छ ।

जोन्सन एण्ड जोन्सन कम्पनिको खोप ७ हजार ७ सय ६० जनाले लिइएका छन् । भोरोसिलको पहिलो मात्रा १० हजार ४ सय ८३ जनाले लिइएका थिए । तर, अन्यत्रबाट खोप लगाएर आउने नेपाली नागरिकले खोप कार्डका आधारमा नगरपालिकामा खोप लगाएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कलाई आधार मान्ने हो भने १० हजार ५ सय २२ जनाले भोरोसिलको दुवै मात्रा लगाएका छन् ।

शाखा संयोजक सापकोटाका अनुसार मेचीनगरभित्रका काँकरभिट्टा, हिमालयन र त्रिदेव क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको परीक्षालाई लक्षित गरेर खोपको व्यवस्था गरिएको थियो । जस्मा १ हजार १८ व्याचलर अध्ययनरत तथा कक्षा १२ को परीक्षामा सामेल १ हजार २ सय गरी कुल २ हजार २ सय १८ जना विद्यार्थी र ४ हजार ४६ जना अन्य वर्गले एस्टाजेनिकको पहिलो मात्रा लिइसकेका छन् ।

अहिले मेचीनगरक्षेत्रमा दोस्रो लहर शुरुभएपछि कोभिड १९ कै कारण २१ महिला र ३२ पुरुष गरेर ५३ जनाको मृत्यु भइसकेको छ । पहिलो लहरमा २२ जनाको मृत्यु भएको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । अहिले नगरक्षेत्रमा १ सय ५५ जना कोभिड १९ का संक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here