कनकाई प्याब्सन अध्यक्षमा सुब्बा

0
562

सुरुङ्गा ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कनकाई नगरको दोस्रो अधिवेशनले अध्यक्षमा बिनोद सुब्बालाई चयन गरेको छ ।

बेनुबाजा अंग्रेजी मावि कनकाई–५ का प्रिन्सिपल सुब्बा दोस्रो कार्यकालका लागि चुनिएका हुन् । सर्वसम्मत चयन भएको समितिको सचिवमा मोहन थापा, कोषाध्यक्षमा बिनोद उप्रेती र सदस्यहरुमा रोशन केसी र प्रशान्त न्यौपाने रहेका छन् । दुई सदस्य पछि थप गर्ने बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्याब्सन झापा अध्यक्ष एलपी उप्रेती र जिल्ला सदस्य हरिप्रसाद फुयाँलले शुभकामना मन्तव्य राखेका थिए । बिनोद सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा प्याब्सन प्रदेश नं. १ सदस्यद्वय डी.आर. सुवेदी र भानु राजवंशीको विशिष्ट आतिथ्य रहेको थियो ।

प्याब्सन कनकाईका सल्लाहकारहरु अखिलकुमार कोइराला, ओमदेव शाही र श्रीकान्त थापाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सागर ढुंगानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने ग्लोबल एजुकेयर एकाडेमी सुरुङ्गाका प्रिन्सिपल बिमान लामाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम सचिव केशवप्रसाद शर्मा बेडारीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here