चार पालिकामा सर्वसम्मत नेतृत्व

0
658

झापा, 

झापाका चार पालिकामा सभापति पदमा निर्विरोध चयन भएका छन् । शनिवार भएको पालिकास्तरीय अधिवेशनबाट कचनकवल, बुद्धशान्ति र हल्दिबारी, झापा गाउँपालिकामा निर्विरोध समिति चयन भएकोे हो ।

पन्ध्र पालिका रहेको जिल्लामा कचनकवलमा तुलाराम अधिकारी सभापति, टेकनाथ पौडेल र रोमसम राजवंशी सचिव, सागर राजवंशी र रुद्र उप्रेती सहसचिवमा निर्विरोध चयन भएका छन् । उपसभापतिमा भने तीन जनाको उम्मेदवारी परेकाले सहमतिको पहल भइरहेको पार्टीका जिल्ला अध्यक्ष उद्धव थापाले बताउनुभयो । यसैगरी हल्दिबारीमा गङ्गा प्रसाईं, झापामा सागीरथ गणेश बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्माको नेतृत्वमा निर्विरोध कार्यसमिति निर्वाचित भएको छ । अर्जुनधारा नगरपालिकामा सभापति पदमा मात्रै निर्वाचन हुने भएको छ भने अन्य पदमा निर्विरोध नेतृत्व चयन भइसकेको उहाँले बताउनुभयो । बाँकी पालिकामा भने आज निर्वाचन हुने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here