नेपाल-चीनको कुटनीतिक प्रभाव

0
517
नेपाल चीनको स्थायी  शक्ति रास्ट्रको रुपमा रहेको भन्दै र अहिले विश्वराजनीतिमा देखा परिरहेको भू- राजनैतिक उथल पुथलमा नेपालसंगको सम्बन्ध बलियो बनाउने र क्षेत्रीय सन्तुलनलाई कायम राख्न भन्दै चीनले आक्रमक रुपमा आफ्नो कुट्नीतिलाई नेपालमा समाबेश गराउन खोजिरहेको छ ।
पछिल्ला केही बर्षदेखि चीनका उच्च अधिकारीहरुको बारम्बारको नेपाल भ्रमण र नेपालमा पछिल्लो समय बिकास भएको आन्तरिक राजनैतिक समस्याको कारणले नेपालको अस्थिर राजनीतिक अवस्थाको फाइदा उठाउन चीनले कुटनैतिक हिसाबले नेपालमा आफ्नो प्रभावलाई क्रमश बिस्तार गरिरहेको छ । पछिल्लो समय विश्व राजनीतिमा देखा परेको तिब्र ध्रुवीकरणमा नयाँ सितयुद्द जस्तै परिस्थिति बिकास भै रहेको अवस्थामा चीनले नेपालमा कुटनैतिक दबाब बढाउन थालेको छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, अमेरिकाद्वारा दिएका वैदेशिक सहयोगलाई रोक्ने, बिकासका नाममा चीन सरकारले अर्बौं डलर ऋण दिएर देशको अर्थतन्त्र नै धरायसि बनाइदिने ,भौगोलिक बिकटताको फाइदा उठाउदै सिमा अतिक्रमण गर्ने,व्यापार र ब्यावसायलाई धरायसि बनाउने गरी चीनसंग जोडिएका नाकाहरुमा अबरोध गर्ने र नेपालको आन्तरिक मामिलामा नेपालका राजनैतिक दलको नेताहरुलाई कुटनैतिक रुपमा धम्क्याउने काम भैरहेको छ ।
 कोभिड १९ पछि यो २ बर्षमा चीनको गतिविधि झन बढेर गएको छ ।
यसका ३ प्रमुख कारणहरु रहेका छन्- अमेरिका, भारत लगायतका मुलुकले नेपाल माथि दिने आर्थिक सहयोगलाई चीनले रोक्न खोज्छ,दक्षिण एसियामा आफ्नो प्रभुत्वलाई स्थापित गर्न चीनले नेपालको भूमिलाई प्रयोग गर्न खोजिरहेको छ , नेपाललाई आर्थिक सहयोगको नाममा बिकासको मोडल तयार पार्न भन्दै खर्बौ डलर ऋण रकम दिएर नेपालको अर्थतन्त्रलाई नै तहसनहस बनाउने प्रस्तावहरु अगाडी ल्याइरहेको छ । चीनले नेपालमा भारत, अमेरिका लगायत मुलुकले गर्ने आर्थिक सहयोगलाई कुनै पनि हालतमा रोक्न चाहन्छ । बिगतका केही बर्षदेखि चीन फरक रुपमा प्रस्तुत भैरहेको छ । भू-राजनैतिक हिसाबमा नेपालसंग आफ्नो मात्र मुख्य सम्बन्ध होस् भन्ने चाहाना चिनियाँहरुमा देखा परेको छ । नेपालको अमेरिका र भारतसंग आफ्नो किसिमको सुमधुर रणनैतिक सम्बन्ध छ चीन त्यो तह भन्दा पनि अघि बढेर कुटनैतिक सम्बन्ध राख्ने दाउमा रहेको छ । त्यस्कालागि चीनले बिगत केही बर्षहरुदेखि नेपालसंगको आफ्नो कुटनैतिमा व्यापक परिवर्तन गर्दै आइरहेको छ । केही बर्ष अघिसम्म शान्त कुटनैतिक सम्बन्ध स्थापित गरेको चीनले अहिले धार परिवर्तन गरी आक्रमक र हस्तक्षेपकारी कुटनैतिक सम्बन्धलाई स्थापित गराउन खोजिरहेकाे छ। जानकार अधिकारीहरुका अनुसार अहिले पनि नेपालमा सबै भन्दा धेरै सहयोग उपलब्ध गराउने देश भारत नै रहेको छ । चीन यो सहयोगलाई कुटनैतिक हिसाबले रोक्न नेपाललाई अप्रत्यक्ष तरिकाले दबाब सिर्जना गर्छ। नेपालमा भएको दोस्रो जनआन्दोलनपछि भएको राजनीतिक परिवर्तन संगै बेइजिङले नेपालसंगको सम्बन्धमा कुटनैतिक दबाबहरु सिर्जना गर्न थालेको छ।
 चिनियाँ पक्षले राजनीतिसंगै रणनीतिक दबाब पनि राख्ने गरेको छ । दक्षिण एसियाका पाकिस्तान ,नेपाल ,बङलादेश , श्रीलंका,अफगानिस्ताान लगायतका मुलुकहरुमा आफ्नो राजनीतिक तथा रणनीतिक कुटनीतिलाई बिस्तार गरिरहेको छ । यसैवीच चीनले आफ्नो महत्त्वकांक्षी परियोजना वेल्ड एण्ड इनसियटिभ (BRI) लाई महत्वको साथ लागू गराउन यी एसियाली मुलुकहरुलाई कुटनैतिक दबाब सिर्जना गरिरहेको छ । नेपालमा लागू हुने (BRI)का बारेमा राष्ट्रिय स्वाधीनता र सार्बभौमसत्ताका कुराहरु उठिरहेका छन् । नेपालमा यो प्रोजेक्टको बारेमा बिरोध पनि भैरहेको छ तर बिकास र समृद्धिको ललिपप खुवाएर जसरी पनि BRI परियोजना सफल बनाउन चीन सरकार लागिपरेको छ । नेपालको अहिले पनि आर्थिक र सामाजिकरुपमा भारतसंग सबै भन्दा नजिकको सम्बन्ध छ । चीन त्यस्लाई रोकेर आफ्नो प्रभुत्व र प्रभाव बचाउन र बढाउन नेपाललाई राजनीतिक रणनीतिक रुपमा दबाब सिर्जना गिरिरहेको छ । नेपालमा चीनले अाफ्नाे कुटनैतिक प्रभावलाई स्थापित गराउन हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेकाे छ। -माेहन सिंह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here