विश्व अहिंसा दिवस मनाइयो

0
671

बिर्तामोड ,

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नम्बर १ जिल्ला कार्य समिति झापा तथा चारपानेले विश्व अहिंसा दिवस मनाएको छ ।
जिल्ला परिषदको समन्वय तथा चारपाने प्रारम्भीक समितिको आयोजनामा आज शुक्रबार विश्व अहिंसा दिवसको अवसरमा चारपानेमा कोणसभा तथा दिप प्रज्वलन गरिएको हो ।
विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।

सो अवसरमा परिषद झापाका अध्यक्ष टहलदास ओलीले दिगो शान्तिविना समाज र मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले हिंसालाई निर्मूल गर्नेतर्फ विश्वभरकै सरकार र राजनीतिक दलहरुको ध्यान जानुपर्ने बताए ।
साथै उनले निर्दोष प्राणीहरुको हत्या बन्द गरी समाजमा प्रेमको भावनालाई उजागर गर्न स्क्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा परिषदका केन्द्रिय सदस्य दिपक दिनेश दाहाल चारपाने प्रा.सका अध्यक्ष बासु पाण्डेले
हिंसारहित समाज निर्माणमा प्रेरित गर्दै अहिंसा र प्रेममय विचारतर्फ उत्प्रेरित गर्ने अभियान देशव्यापी चलाउन जरुरी रहेको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य मदन अधिकारी, जिल्ला उपाध्यक्ष समर्पण खतिवडा, बिर्तामोड प्रारम्भिक समितिका अध्यक्ष दिनोज बजगांइ सहित सहभागि जिल्ला कार्य समितिका सम्पुर्ण पदाधिकारी तथा सदस्य, चारपाने प्रा.स.का पदाधिकारी तथा सदस्यहरु , बाइजुराज महिला समिति लगायतले आफुलाई बचनले पनि मन दुख्ने जनावरलाई चांहि छुरी रोप्दा पनि रमाउने यो कस्तो मानवीयता ?,काम, क्रोध, लोभ, मोह आदि अवगुणहरुको वलि गरौं, पशुको होइन, नमारौं कठै पशुपक्षीलाई ती हुन् मायाको भागिदार, पशुबलिले हत्या, हिंसालाई बढाउंछ, प्रोत्साहन नदिऔं लगायतका चेतना मुलुक तथा सन्देशमुलक प्ले कार्ड सहित उपस्थित भएका थिए ।
मठमन्दिर रक्तरञ्जित होइन शान्ति आस्था र सद्भावको थलो बनाउं भन्ने मुल सन्देश सहित जिल्ला तथा देशैभर आज कार्यक्रम गरिएको परिषदका उपाध्यक्ष सुरज सापकोटाले जानकारी दिए । कार्यक्रमको सञ्चालन जिल्ला परिषद झापाका सचिव मोहन अधिकारी तथा चारपाने प्रा.सका सचिव प्रवेश शिवाकोटीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here