प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने

१७ आश्विन २०७८, आईतवार मा प्रकाशित

पथरीशनिश्चरे, कानेपोखरी गाउँपालिकामा १ नम्बर प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ ।
कानेपोखरी गाउँपालिकाको सहयोग र आइटिएफ तेक्वान्दो डोजाङ कानेपोखरीको संयुक्त आयोजनामा आगामी कार्तिक ५ र ६ गते उक्त प्रतियोगिता संचालन हुने भएको हो ।
प्रदेश १ का झापा , मोरङ , सुनसरी, उदयपुर, धनकुटा लगायतका १० जिल्लाका ३ सय ५० प्रतियोगीहरुले सहभागिता जनाउने शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पुरुष तर्फ २० केजी देखि ८० केजी तौल सम्म र महिलातर्फ २० केजी देखि ७० केजी तौलसम्मका खेलाडीविच स्पर्धा हुने जनाइएको छ ।
प्रतियोगिता अन्तर्गतका सबै खेलहरु कानेपोखरी गाउँ पालिका वडा नं ६ स्थित जनसेवा माविको खेल मैदानमा संचालन हुनेछन् ।
साे अवसरमा उक्त प्रतियोगिता सम्पन्न गर्न सात लाख रुपैयाँ बराबरको अनुमानित बजेट लाग्ने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष युवराज भुजेलले बताएका छन् ।

प्रतियोगिताका विजयी प्रथम, द्घितिय र तृतिय खेलाडीलाइ क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ पुरस्कार रहेकाे छ । खेलाडीहरुलाई खाना, बस्न र यातायात सहितमा उक्त रकम खर्च हुने बताइएको छ ।

गत बैशाखमा स्थापना भएको उक्तआइटिएफ तेक्वान्दो डोजाङकाे आयोजनामा हुने उक्त प्रतियोगितालाइ सफलतापुर्वक सम्पन्न गर्नका लागि सबैमा आग्रह गरिएकाे छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here