मोरङ।
मोरङको सुनवर्षी नगरपालिका–९ डायनियाका श्यामप्रसाद सिंहको तीन बर्षीय छोरा अजित सिंह पोखरीमा डुबेर मृत्यु भएको छ ।
आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगाधुईरहेकोमा खेल्ने क्रममा अचानक पोखरीमा डुबेर घाईते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।