लागूऔषध सहित होटल संचालक पक्राउ

0
463

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटल संचालक जहदा गाऊपालिका ७ घर भएका २८ बर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् ।

होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई चेकजाँच गरेको थियो ।

चेकजाँच गर्दा सो होटलबाट लागूऔषध DIALEX-DC १५ बोतल,नाईट्राभेट ४२ चक्की, SPASMO-PROXYVON २४ चक्की, SPAS-TRANCON PLUS ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको हो ।

लागूऔषध बरामद भए पश्चात उक्त होटलका संचालक साहलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here