स्थानीय ३० परिवारलाई सालबारी मीलडाँडा युवा परिवारको ‘दशैं उपहार’

0
752

अर्जुनधारा ।

विजया दशमीको अवसरमा झापाको अर्जुनधारा–११स्थित सालबारी मीलडाँडा युवा परिवारले स्थानीय ३० परिवारलाई ‘दशैं उपहार’ वितरण गरेको छ ।

परिवारका अध्यक्ष ओमबहादुर मगरको अध्यक्षता र ज्येष्ठ नागरिक प्रेमराज इङनामको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रममा उनीहरुलाई उक्त ‘दशैं उपहार’ वितरण गरिएको हो ।

संस्थाले दशैं उपहार अन्र्तगत अनुमानित एक लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री अन्र्तगत चामल, तेल, दाल र नुन आदि वितरण गरिएको संस्थाका उपाध्यक्ष म्याक्सम पुरीले जानकारी दिए ।

कार्यक्रममा नगर कार्यपालिका सदस्यद्वय भैरवबहादुर खड्का र लक्ष्मी तामाङ, स्थानीय समाजसेवी जगत राना मगर, संस्थाका निवर्तमान अध्यक्ष किरण जवेगुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

२०७६ सालमा स्थापना भएको संस्थाले यस अघि सरसफाई, डस्टविन वितरण, मृगौला पीडितहरुको लागि सहयोग रकम संकलनलगायतका सामाजिक कार्यक्रमहरु सञ्चालन गरेको सल्लाहकार सनम राईले जानकारी दिए । संस्थामा हाल ५० जना युवा आवद्ध रहेका छन् ।

परिवारका सचिव महेन्द्र सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य लेलिना भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here