नेपाल चलचित्रकर्मी संघ प्रदेश १ को प्रथम अधिवेसन सम्पन्न,अध्यक्षमा केवल तामाङ निर्वाचित

0
842

झापा ।

नेपाल चलचित्रकर्मी संघ प्रदेश १को अध्यक्षमा केवल तामाङ निर्वाचित हुनु भएको छ । आइतबार बिर्तामोडमा सम्पन्न संघको प्रथम अधिवेसनमा तामाङ निर्वाचित हुनु भएको हो । तामाङले अध्यक्षका अर्का प्रत्यायसी कुमार सिलवाललाई बहुमतले हराउनु भएको हो ।

संघको अन्य पदाधिकारीहरुमा वरिष्ट उपाध्यक्षमा सुवास मेचे,उपाध्यक्षमा किशोर सम्वाहाम्फे,मिना देवि खड्का,महासचिवमा रमेश तिवारी,सचिवमा शुन्दर लाओती,ज्ञानेन्द्र कोइराला,विष्णु मोक्तान,कोषाध्यक्षमा डम्बर बहादुर विश्वकर्मा (रोहन) र सहकोषाध्यक्षमा विष्णु चेम्जोङ्ग लिम्बु निर्वाचित हुनु भएको छ ।

सदस्यहरुमा मनिता तामाङ,सञ्जय वागदास,सोम मग्राती,मुना प्रसाई,सन्देश सहनी र हिरा बहादुर लेप्चा निर्वाचित हुनु भएको छ । समितिमा थप एक जना सदस्य अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको संघका नव निर्वाचित महासचिव रमेश तिवारीले जानकारी दिनुभयो ।

प्रदेश १ कै पहिलो चलचित्र संघका रुपमा रहेको नेपाल चलचित्रकर्मी संघको प्रथम अधिवेसन आइतबार नेपाल चलचित्र कलाकार संघका पुर्व अध्यक्ष तथा नेपाल चलचित्र निर्माता संघका पुर्व अध्यक्ष नवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

संघले झापाको मेचीनगरमा चलचित्र संग्रहालय सहितको फिल्म स्टुडियो निर्माण गर्ने, चलचित्रकर्मीहरुलाई विधागतरुपमा तालिमको व्यवस्था गरि सक्षम बनाउने,चलचित्रकर्मी अक्षयकोषको स्थापना गर्ने,चलचित्र पत्रकारीता पुरस्कारको व्यवस्था गर्ने,सबै चलचित्रकर्मीहरुको अनिवार्य स्वास्थ्य विमा गर्ने,एम्बुलेन्स खरिद गर्ने लगायतका योजनाहरु समेत प्रस्तुत गरेको छ ।
नेपाल चलचित्रकर्मी संघ स्थापना कालदेखिनै सामाजिक सेवामा सक्रिय रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here