प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

0
543

विराटनगर,

प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्।

पाँचदलीय गठबन्धनको समर्थनमा नियुक्त भएका राईले विश्वासको मतका लागि प्रदेशसभा सचिवलाई आइतबार सूचना दिएका थिए। संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका राईले आज विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ। ९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १-१ जना प्रदेश सांसद छन्। एमालेका ४१ मध्ये एक जना प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार छन्।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका हुन्। पाँचदलीय गठबन्धनको ५० जना सांसद छन्।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here