विप्लवको बन्दका कारण झापासहित देशभरको जनजीवन प्रभावित

0
491

झापा ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव झापासहित देशभर परेको छ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो। बन्दका कारण झापाका बिर्तामोड, दमक, भद्रपुर, कांकरभिट्टा लगायतका शहरहरु सुनसान देखिएका छन् । चारपाङेग्रे सवारी साधन सञ्चालन नहुदाँ पूर्व–पश्चिम राजमार्ग सुनसान रहेको छ ।

निजी सवारी साधन भने सार्वजनिक यातायातको तुलनामा बढी संख्यामा सञ्चालनमा छन्। यातायातका साधन सञ्चालनमा अवरोध गर्दै हिँडेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापाको कांकरभिट्टा र दमक क्षेत्रमा विप्लवका कार्यकर्ता सडकमा निस्किएर बन्द गराइरहेका छन् । बन्दकर्ता देखिएपनि उच्छृङखल गतिविधि नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बन्दका कारण लामो तथा छोटो दुरीका सवारी सञ्चालन नहुँदा यात्रुलाई भने सास्ती भएको छ । बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना‚ शैक्षिक संस्थाहरू ठप्प छन्। सहरका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन्। बन्द सफल बनाउन भन्दै विप्लव माओवादीले हिजो बेलुका मसाल जुलुस प्रर्दशन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here