ट्याक्टर पल्टदा दुई जनाको मृत्यु

0
635

मोरङ।

मोरङको बेलबारी नगरपालिका ५ कसेनिमा ट्याक्टर पल्टदा दुई जना सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ बर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मनण्डी रहेका छन् । को २ त ८६८८ नम्बरको ट्याक्टरले ईन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिदा घाईते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ बर्षीय आईति सतार टुडु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here