कांग्रेस झापामा नवीन नै किन ?

0
488

नेपाली कांग्रेस झापाको निर्वाचनमा सचिव पदका उमेद्वार नविन विमली युवा नेता हुन् । जिल्लामा स्पष्ट,प्रखर र क्षमतावान नेताकोरुपमा पहिचान बनाएका विमलीको जीत सुनिश्चित रहेको कांग्रेस नेताहरुले बताएका छन् । नेपाली कांग्रेसले क्षमतावान युवालाई वडा तह देखिनै नेतृत्व जिम्मा लगाउँदै आएकाले सचिव पदमा विमली भारी मतले विजयी हुने अधिकांस कांग्रेस नेताहरुको भनाई छ ।

नाम उल्लेख नगर्ने सर्तमा एक कांग्रेस नेताले विमलीलाई पार्टीका सबै नेता कार्यकर्ताले मन पराउने गरेको बताए । पार्टी र कार्यकर्ताको भावना अनुसार अघि बढ्दै आएका युवा नेता विमली सचिव पदका योग्य,सक्षम र इमान्दार उमेद्वार रहेको उनको भनाई छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १० गते झापा जिल्ला समितिको निर्वाचन हुँदैछ । विमली सभापति पदका उमेद्वार देउकुमार थेवेको प्यानलबाट सचिव पदमा उमेद्वार बनेका हुन् ।

विमलीको राजनीतिक इतिहास यस्तो छ ।

२०५७ सालमा १८ वर्षको उमेरमा मेची बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघको इकाई सदस्य भएर विद्यार्थी राजनीतिमा पाइला टेकेका विमली त्यसपछि सहसचिव,सचिव, सभापति हुँदै क्षेत्रीय सचिव र सभापति, झापा जिल्ला सचिव र ५ वर्ष जिल्ला सभापतिमा रहेर नेतृत्व सम्हालि सकेका नेता हुन् । त्यसयता २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा होमिएका उनी कैयौं पटक थुनामा पनि परे । जस्तोसुकै असहज परिस्थितिमा पनि निडर भएर राजनीतिक मोर्चामा डट्नु उनको हक्की स्वभावको परिचय बनेको छ । आजसम्मको त्यही निरन्तरता, सहभागिता र संघर्षले उनको छवि निर्माण गरेको छ ।

राजनीतिक संघर्षबाट पछि नहट्ने र त्यसलाई परिमाणमुखी बनाउन लागिपर्ने उनको हक्की स्वभावले जिल्लाको कांग्रेस राजनीतिमा उनीलाई फरक पहिचान दिंदै परिचित गराई रहेको छ । आजसम्मको राजनीतिक यात्रामा आफ्ना कुरा सोझो, दृढता र परिपक्व किसिमले राख्ने उनी राजनीतिमा अक्सर देखिने लप्पनछप्पन, चाकडी र अर्काको बद्ख्याइँ गरेर आफू मपाईं बन्न खोज्ने शैलीको विरुद्ध छ ।

अबका दिनमा आफ्नो लक्ष्य महामानव राजनेता कांग्रेसका संस्थापक बीपी कोइरालाको राजनीतिक दर्शनलाई मूलमन्त्र मानेर व्यावहारिक राजनीतिमा जोडिने विमलीको भनाई छ । उनले पार्टीमा पुरानो पुस्ताको योगदान र अनुभवलाई मार्गदर्शन मानेर नयाँ पुस्तालाई राजनीतिमा युगसापेक्ष रूपान्तरणमा दत्तचित्त हुने सोचमा आफू रहेको बताएका छन् । नेपाली कांग्रेसका सबै मतदाताहरुलाई आफुलाई मत दिएर विजयी गराउन विमलीले अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here