लैङ्गिक हिंसाविरुद्ध बिर्तामोडमा सचेतनामुलक कार्यक्रम

0
589

बिर्तामोड ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने साझा अभियान बिहीबारबाट शुरुभएको छ ।

‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसीर ९ गतेदेखि मंसीर २४ गतेसम्म साझा अभियान सञ्चालन हुने भएको हो । अभियान अन्र्तगत बिर्तामोडमा बिहीबार सचृतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको सामाजिक विकास समितिकी संयोजक एवम् कार्यपालिका सदस्य संगीता शिवाको अध्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमी संघकी गोमा भट्टराई, यमुना तिवारी, नेपाल उद्यमशिल महिला संघकी पार्वता खरेल, महिला विकास शाखाकी पुष्पा कार्की, वीरताा लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आर्चाय,नारी संञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटाी, सृष्टि महिला संस्थाकी परिता राई, मेची महाकाली बुहारी आवाजकी शिखा खड्का(गणेश), सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रकी पुजा प्रसाई, आर्दश सामुदायिक प्रहरी सेवा केन्द्रकी कल्पना कट्टेल, कृषि शाखाकी अनु मोते, छठ महिला मञ्चकी हमलता चौधरी,निशा साह लगायतको सहभागिता रहेको थियो ।

कानूनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूतजस्ता महिलाद्वेषी प्रथा, परम्परा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य भएको भन्दै अभियानले सबैखाले हिंसा विरुरद्ध आवाज उठाउनुपर्नेमा सहभागिहरुरुले जोड दिए ।

१६ दिनसम्म विभिन्न कार्यक्रmमहरु सञ्चालन गरेर महिला हिंसा विरुद्धका कार्यक्रम सञ्चालन गरिने बिर्तामोड नगरपालिकाकी कल्पना मैनालीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here