अन्याय र अत्याचारले आक्रान्त देउराली गाउँकाहरूको रूवावासी ‘अनि देउराली रुन्छ’नाटकमा

0
730

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगर क्षेत्रमा हाल प्रदर्शन भैरहेको नाटक ‘अनि देउराली रुन्छ’ले आम दर्शकको आँखा रसाएको छ ।

नेपालीभाषी दार्जिलिङवासी वरिष्ठ साहित्यकार मान बहादुर मुखियाको लेखन रहेको उक्त नाटकले झण्डै ४ दशक अघिको नेपाली समाजको ज्वलन्त वियोगान्त प्रेम कथा , सामाजिक अन्याय , उत्पीडन , महिला हिँसा, शोषण, विकृति र विसङ्गतिजस्ता अनगिन्ती घटना- परिघटनालाई मार्मिक, कारूणिक र सशक्त रूपमा अभिनयमार्फत दर्शकसामु पस्किएको पाईन्छ।

देउराली गाउँमा धनाढ्य मुखिया र उसका निकटतम सल्लाहकारले गाउँ समाजमा गरेका षड्यन्त्र र अप्ठ्यारो परिस्थिति सृजना गरेर सर्वसाधारण जनतामाथि गरेको कूकृति , ज्यादती ,र शोषणका अनेकौं उदाहरणहरू नाटकभित्र प्रशस्तै फेला पार्न सकिन्छ ।

नाटक भित्र गाउँ समाजका सुन्दर युवा वर्गको अमर प्रेम समाजका ठुला भनाउँदाको गिद्धे नजर पर्नु र षड्यन्त्रको जालोमा अरू सर्वसाधारणलाई उचालेर फसाउने घृणित कार्य देख्न सकिन्छ। कुटपिट, झैझगडा र त्यसपछि उव्जिएका असहज घटनाक्रमले शान्ति र समृद्धिका साथ बाँच्न चाहने गाउँलेहरुलाई धुरूधुरू रूवाएर देउराली गाउँबाट उठिवास लगाएको लगायतका प्रतिनिधिमुलक घटनाहरू नाटकमा भेटिएको स्थानीय शिक्षक ईच्छेकुमार दासले बताउनुभयो ।

स्थानीय क्षेत्रका कुशल कलाकारहरूले सफल र सशक्त रूपमा अभिनयमार्फत आफ्नो कलाकारितालाई सशक्त बनाएका छन् । पथरीशनिश्चरे नगर क्षेत्रमा आफ्नो निवास भएका वरिष्ठ नाट्यकर्मी जीवन बरालद्वारा निर्देशित उक्त नाटकमा कलाकारहरूले मोफसलमा रहेर पनि जिवन्त अभिनय प्रस्तुत गरेकाे रेडस्टार माविको कक्षा -१० मा अध्ययनरत छात्रा स्मृति निरौलाले बताइन् ।

शब्द थिएटर पथरीका निर्देशक जीवन बराल, कलाकारहरु सरोज तिम्सिना , सन्ताेस राई”छत्र”, ईश्वर दुलाल , अशोक साम्पाङ,पुष्प राई,, मेनुका कुलुङ लिम्बु , बालकलाकार काव्य बराल आदिले नाट्यकला प्रस्तुत गरेका हुन् । पथरीशनिश्चरे बडा नं २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको हलमा हरेक दिन विहान ८ बजे ,११ वजे र अपरान्ह ४ बजे गरी ३ शो प्रदर्शनी भैरहेका छन् । उक्त नाटक मंसिर ११ गतेसम्म प्रदर्शन हुने निर्देशक जीवन बरालले बताउनुभयो ।

विभिन्न संघ संस्था, विद्यालय तथा बुद्धिजीवीले गत ४ गते भएको नाटक प्रर्दशनीको पहिलो प्रिमियर शोलाई औधि मन पराएका छन् । सोहि क्रममा नगरप्रमुख दिलिप कुमार राईले स्थानीय कलाकारहरुको गरेको अभिनयमा निक्कै प्रभावित भएको जनाउँदै यस्तो नाट्यकलाको थप विकासका लागि प्रोत्साहनवापत सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here