बिर्तामोडमा भाइब्स् पेइङ गेष्ट हाउस सञ्चलन

0
611

बिर्तामोड ।

झापाको विर्तामोड भाइब्स् पेइङ गेष्ट हाउस सञ्चलनमा आएको छ ।

बिर्तामोड–५, हर्कलाल मार्गमा बिहीबार औपचारिक रुपमा संचालनमा ल्याईको पेइङ गेष्ट हाउसको बिर्तामोड–५ का वडाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र लिङदेनले उद्घाटन गरे ।

विरामी र कुरुवा तथा समूहगत रुपमा धेरै दिनसम्म बस्नु पर्नेहरुलाई लक्षित गरेर पूर्वमै पहिलो पटक पेइङ गेष्ट हाउस संचलनमा ल्याइएको संचालक ओमबिक्रम नेम्वाङले बताए ।

बिर्तामोडमा होटल गेष्टहाउस प्रसस्तै भएपनि आर्थिक रुपमा कमजोर विरामी र उनीहरुका आफन्तलाई खान र बस्नकालागि समस्या भएको पाएकाले सेवा भावले पेइङ गेष्ट हाउस संचालन गरेको नेम्वाङले जानकारी दिए । दुई करोडको लगानीमा शुरु भएको गेष्ट हाउसमा तीन वटा पाककोठा (किचन) १६ वटा सयन कक्ष रहेको छ ।

प्रति व्यक्ति पाँच सय रुपैया तिरेपछि एकै परिवारका ५ जनासम्म सुत्न सक्ने कोठा बनाईएको छ । बढी सुविधा उपभोग गर्न चाहानेहरुका लागि भने तीन हजारसम्म पर्ने एसी जडित कोठाहरु तयार पारिएको छ ।

अन्य सुविधाहरुमा लन्ड्री, वाईफाई,गाडी पार्किङ, सहाकारी र मासंहारी खाना, आफै पकाएर खानेहरुका लागि ग्यास, भाडाँकुडा लगायतका सामाग्रीहरु पेइङ गेष्ट हाउसले उपलब्ध गराउने बताईएको छ ।

विर्तामोड मेडिकल हव बन्दै गएपछि झापा बाहिरबाट आउने स्वास्थ्य सेवाग्राहीहरु चर्को मुल्य तिरेर अस्पतलकै वेड वा अन्य गेष्ट हाउसमा बस्नु पर्ने बाध्यतामा रहेका छन् । भाइब्स् पेइङ गेष्टले अब आर्थिक अभाव भएका सर्वसाधारणलाई सेवा दिने भएपछि आफ्नो वडामा यस्तो सेवामुखी व्यवसाय संचालनमा आएकोमा खुसी लागेको बताउदै आफू पनि यसको प्रचारमा लाग्ने प्रमुख अतिथि लिङदेनले प्रतिवद्धता जनाएका छन् । उदघाटन कार्यक्रम दुर्गा नेम्वाङको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here