बाल सुबोधिनी माविमा युवा रेडक्रस सर्कल गठन

0
470

दुहागढी ।

विद्यार्थीहरुलाई पढाइसँगै मानवीय सेवामा अभिप्रेरित गर्ने उद्देश्यका साथ झापा मेचीनगर १४ दुहागढीस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा योगेश बस्नेतको अध्यक्षतामा युवा रेडक्रस सर्कल गठन गरिएको छ ।

नव गठित सर्कलको उपाध्यक्षमा आश्था सुबेदी, सचिव रमेश नेपाल, सहसचिव अनिल खड्का र कोषाध्यक्षमा वर्षा तामाङ चयन भएका छन् ।

बिहीवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच गठित सर्कलका सदस्यहरुमा सुरज राजवंशी, अनिल रायमाझी, निशिका चौधरी, ममता राजवंशी, नरगिस खातुन, र सन्तोष मुर्मु रहेका छन् । त्यसैगरी सर्कलका शिक्षक नायक मित्रलाल काफ्ले र सह शिक्षक नायकमा ईन्दिरा गौतम चयन भएका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले युवा रेडक्रस सर्कलका काम कर्तव्यका बारेमा प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here