सवारी दुर्घटनामा दुई जनाको मृत्यु

0
459

बिराटनगर।

सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएकको छ भने एक जना घाइते भएका छन् ।

सुनसरीको कोशी गाँउपालिका-२ लौकहरीस्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानिय ४० वर्षीय मनोज यादव घाईते भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालक कोशी गाँउपालिक-२ का १८ वर्षीय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

उता उदयपुरको त्रियुगा नगारपालिक ११ मा बेल्टारबाट गाईघाट आउदैं गरेको प्रदेश नम्बर १-०५-००१ प ३५९२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानिय ४६ बर्षिय कर्ण सुन्दास, त्रियुगा १३ राई चौकका चालक २९ बर्षिय बिरेन राई समेत घाईते भई उपचारको लागि न्युरो हस्पिटल बिराटनगर पठाईएकोमा उपचारको क्रममा सुन्दासको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here