ब्राउनसुगर सहित एक जना पक्राउ

0
507

झापा ।

झापाको मेची नगरपालिका-६ मेचीपुलबाट ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको वनगाँउ नगरपालिका–१ का ३० वर्षीय रमेश डीसी रहेका छन् । भारतबाट नेपाल आउदै गरेका डीसीलाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका डीसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here