सुन्दर आमा समूहद्वारा तेस्रो लिङ्गीदेखि रिक्सा चाकलसम्मलाई सम्मान

0
708

बिर्तामोड ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत झापासहित देशभर विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन भइरहेका बेला झापाको बिर्तामोडमा भने महिलाहरुले फरक तरिकाले लैङ्गिक हिंसा विरुद्धको अभियान मनाएका छन् ।

लैङ्गिक हिंसा विरुद्धका कार्यक्रममा अधिकार र कानुनका कुरा भइरहेका बेला बिर्तामोड ४ सुन्दर टोलमा रहेको सुन्दर आमा समूहले भने लैङ्गिक हिंसा विरुद्ध अभियानमा तेस्रो लिङ्गी, महिला ई–रिक्सा चालक तथा असल बुहारीलाई सम्मान गर्दै मनाएका छन् ।

महिलाहरुलाई आत्मनिर्भर गर्दै आर्थिक रुपमा सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले नगदसहित सम्मान गरिएको समूहकी अध्यक्ष तुलसादेवी उप्रेतीले जानकारी दिइन् । बिर्तामोड नगरपरिक्रमा गर्दै महिला हिंसा विरुद्धको सचेतना मुलक कार्यक्रम गरिएको बताइएको छ ।

सम्मानित हुनेहरुमा तेस्रो लिङ्गी वर्षा रानी, काजल रानी र शितल रानी रहेका छन् । त्यस्तै ई–रिक्सा चालक महिलाहरुमा प्रभा तिम्सिना, बुनु थापा, लक्ष्मी नेपाली र बुद्धिमाया किस्कु रहेका छन् । सुन्दर आमा समूहले असल बुहारीको रुपमा निशा ओली(आचार्य) लाई सम्मान गरेको छ भने आमा समूहलाई अघि बढ्न प्रेरणा दिने तथा सहयोगीको रुपमा महत्वपूर्ण सहयोग गरेको भन्दै सीता चापागाँईलाई सम्मान गरेको समूहकी कोषध्यक्ष गंगादेवी शिवाकोटी(ढकाल)ले जानकारी दिइन् ।

सुुन्दर आमा समूहकी अध्यक्ष तुलसादेवी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक हरि बराल, सुन्ददर समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनाल, महिहला उद्यमी संघकी अध्यक्ष पार्वता खरेल, नागेश्वर मन्दिरका अध्यक्ष रघुनाथ थपलिया, वयोवृद्ध ध्रुव आर्चाय लगायतले समुन्दर आमा समूहले महिला हिंसा विरुद्ध उत्कृष्ट कार्यक्रम गरेको भन्दै प्रशंसा गरे । महिलाहरुलाई सम्मान गर्दै उनीहरुको शसक्तिकरण्मा आमा समूहले खेलेको भूमिका उदाहरणीय भएको सहभागिहरुको भनाई छ ।

समाजमा अपहेलित रुपमा रहेका तेस्रो लिङ्गीहरुलाई सम्मान गर्दै उनीहरुलाई पनि समाजमा अघि बढउने उद्धेश्यले फरक ढङ्गबाट कार्यक्रम गरेको भन्दै आमा समूहको यो काम प्रशंसा योग्य भएको बताइएको छ । कार्यक्रमको औचित्यमाथि समूहकी कोषध्यक्ष गंगादेवी शिवाकोटी (ढकाल)ले प्रकाश पारेकी थिइन भने स्वागत सदस्य रेखा उप्रेती( सुवेदी) ले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन समूहकी सदस्य रश्मिला खतिवडाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here