‘किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए’

0
642

बाँके,
किशोरीहरू जागृत भएपछि जिल्लामा महिला हिंसाका घटना सार्वजनिक हुन थालेको छ ।
बर्दियाको गुलरियामा आयोजित जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठकमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले किशोरीहरू जागेकाले आफ्नो अधिकारका लागि धेरै घटना बाहिर आएको बताउनुभयो ।

पहिलेका किशोरी हेपिएर बसेकाले हिंसाका घटनामा आवाज उठाउन सक्दैन थिए तर अहिले सबै सशक्त भएर उजुरी गर्न थालेकाले यस्ता घटना सार्वजनिक हुन थालेको उहाँको भनाइ थियो ।साथी संस्थाको आयोजनामा भएको उक्त बैठकमा प्रहरी उपरीक्षक कार्कीले तीन वर्षको लैङ्गििक हिंसाका घटनाको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “आव २०७५÷७६ मा १३९, २०७६÷७७ मा ११९, २०७७÷७८ मा १०६ महिला हिंसाका घटना भएको थियो । ”
नेपाल प्रहरी निरन्तर लागिरहँदा पनि यस्ता घटना न्यूनीकरण हुन नसकेको बताउँदै उहाँले सम्पूर्ण सरोकार निकायबाट समन्वय, सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।आयोजक संस्थाका कार्यक्रम अधिकृत कुलराज दहितले घरेलु हिंसामा परेकामध्ये ३४ जनालाई उद्धार गरिएकोे बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here