कृषि तथा पशुपंक्षी क्षेत्रमा नगरद्वारा व्यवसायिक प्रवद्धनात्मक कार्यक्रममा जोड

0
455

पथरीशनिश्चरे,

नगरमा कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसायिक प्रवद्धनका लागि सञ्चालित कार्यक्रमअन्तर्गत वडा नम्बर ९ स्थित महेन्द्रचोक साना किसान कृषि उत्पादक समूहले सार्वजनिक सुनुवाई गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईले आज बुधबार उक्त समुहद्वारा आयोजित कार्यक्रममा नगरमा कृषि तथा पशुपंक्षी व्यवसायको क्षेत्रमा नगरले प्रवद्धनात्मक कार्यक्रममा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले चुस्त दुरुस्त रुपमा कार्यक्रम सञ्चालन गरी नमूना बन्न पनि शुभकामना व्यक्त गर्नुभयो ।

समूह अध्यक्ष डिल्लीराम भट्टराईको अध्यक्षताको सम्पन्न उक्त कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, ९ नम्बर वडा सदस्य इन्द्रावती गुरुङ, नगरको कृषि शाखा प्रमुख सावित्रा कार्की लगायतको उपस्थिती रहेको थियो ।

प्रदेशमै नयाँ कार्यक्रमका रुपमा दु:ध मिसन कार्यक्रमअन्तर्गत भैंसी प्रवद्धनका लागि नगरको १९ लाख ९४ हजार र समूहको ५ लाख ९० हजार गरी २५ लाख ८४ हजार रकम रहने छ । जसमा, १५ वटा भैंसी, एउटा राँगो, दु:ध चिस्याउने चिलिङ भ्याट सहित खरिद तथा तालिम र औषधिका कार्यक्रम समेटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here