खुलाल बस्नेत बन्धु समाजको नगरसमिति

0
756

रत्नबहादुर बस्नेत,
बिर्तामोड।

खुलाल बस्नेत बन्धु समाज बिर्तामोडको नगर अध्यक्षमा योगेन्द्र बस्नेत चयन भएका छन्।

बिर्तामोड –९ नरियाबारीमा भएको खुलाल बस्नेत बन्धुहरुको भेलाले योगेन्द्र बस्नेतलाई बिर्तामोड नगर समिति अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। त्यस्तै नवगठित समितिको सचिवमा रत्नबहादुर बस्नेत र कोषाध्यक्षमा पुष्प बस्नेत चयन भएका छन्।

त्यसैगरी सदस्यमा सीता बस्नेत, रामबहादुर बस्नेत,मञ्जु बस्नेत,विकास बस्नेत,अम्बरबहादुर खुलाल(ज्ञानु), दुर्गा बस्नेत र सूर्य बस्नेत रहेका छन्।

खुलाल बस्नेत बन्धु समाज झापाका सचिव चन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य डम्बरबहादुर बस्नेत, लोकबहादुर बस्नेत, योगेन्द्र बस्नेत,विकास बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए।

बिर्तामोड नगरपालिकाभित्र रहेका खुलाल बस्नेतहरुको तथ्य संकलन तथा सम्पर्क स्थापित गरि सदस्य विस्तार गर्ने र जिल्ला तथा केन्द्रसँग समन्वय गर्दै बन्धुहरुको हकहित लागि कार्य गर्ने उद्देश्यले नगर समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष योगेन्द्र बस्नेतले बताए। खड्गबहादुर बस्नेत, टंकबहादुर खुलाल,मित्रबहादुर बस्नेत,श्रीप्रसाद बस्नेतलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन रत्नबहादुर बस्नेतले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here