शहिद धर्मभक्तमा नव निर्वाचित समितिको पदभार ग्रहण

0
512

उमानाथ भण्डारी,
कमल ।

झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको नव निर्वाचित समितिले आज पदभार ग्रहण गरेको छ ।

विध्यालय व्यवस्थापन समितिकालागी गत मंसिर १४ गते सम्पन्न निर्वाचन बाट निर्वाचित सदस्य हरु मध्ये बाट अध्यक्षमा लेखनाथ खतिवडा, सदस्य कुमार ढुङ्गेल, निर्मला बजगाई,,विमला राई मनोनित सदस्य शिव शंकर न्यौपाने र ममता गुरुङ्ग तथा पदेन सदस्यमा वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल,शिक्षक प्रतिनिधी टेकराज तिम्सिना र सदस्य सचिव काजीमान पौडेलले पदभार ग्रहण गर्नु भएको हो ।

पदभार ग्रहणपछी आईतवार बसेको व्यवस्थापन समिति, शिक्षक , विध्यालय कर्मचारीको पहिलो बैठकले विध्यालयको शैक्षिक तथा भौतिक सुधारकालागी वार्षिक योजना बनाई अगाडी बड्ने निर्णण गरेको शिक्षक प्रतिनिधी टेकराज तिम्सिनाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here