प्रेमपत्र बढी आएको चाहन्छिन् कंगना

१९ पुष २०७८, सोमबार मा प्रकाशित

काठमाडौँ,

बलिउड अभिनेत्री कंगना रनावतले सन् २०२२ का लागि आफ्नो चाहना साझा गरेकी छन् । उनले यो वर्ष प्रहरीमा उजुरी र एफआईआर कम तथा प्रेमपत्र बढी चाहिएको खुलाएकी छन् ।

आफ्ना मनका कुरा नडराई राख्न सक्ने अभिनेत्रीका रुपमा चिनिएकी कंगनाले इन्स्टाग्राममा तिरुपती बालाजीको नजिकै एक मन्दिरमा प्रार्थना गरिरहेको तस्बिर राखेकी छन् ।

‘विश्वमा केवल एक राहु केतु मन्दिर छ । यो तिरुपति बालाजीको नजिक छ । यहाँ केही अनुष्ठान गरें । पाँच मौलिक लिंगोमध्इे वायु (वायु तत्व) लिण्डा पनि छ, यो एक उल्लेखनीय स्थान हो,’ उनले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘म आफ्नो प्रिय दुश्मनको दयाका लागि यहाँ गएकी थिएँ । यो वर्ष मलाई कम प्रहरी उजुरी/एफआईआर तथा बढी प्रेम पत्र चाहिएको छ । जय राहु केतुजी को ।’

कामको कुरा गर्दा कंगना आगामी फिल्म ‘धाकड’को तयारीमा छिन् । जुन एक्सन थ्रिलर फ्लेभरमा छ । यो फिल्म सन् २०२२ को अप्रिल ८ मा रिलिजको तयारीमा थियो । तर निर्माताले यसलाई मेसम्म सारेका छन् । उनको हातमा फिल्म ‘तेजस’पनि छ । यो फिल्मले एक साहसी महिला पाइलटको कथा देखाउनेछ ।-खबरहबबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here