पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

0
594

कञ्चनपुर,

भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु पाँच करोड राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले वार्षिक रु ११ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय सङ्कलन भइसकेको छ ।

त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक रु तीन करोड ५० लाख र विभाज्य करअन्तर्गत रु सात करोड ५० लाख सङ्कलन भएको छ ।

नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको छ । चार वर्षअघि नगरपालिकाको आय करिब रु चार करोड रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी रु २१ करोड पु¥याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here