कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

0
627

पथरीशनिश्चरे,

गत कार्तिक अन्तिम साता मोरङको वुढीगंगा गाउँ पालिका-७ मा भएको हत्या काण्डका एक फरार अभियुक्तलाई प्रहरीले पक्राऊ गरेको छ ।

गत कार्तिक -२८ गते ९ बजे जिल्ला मोरङ बुढिगंगा गाउँपालिका वडा नं ७ का २६ वर्षीय रिजन दाहाललाई धारिलो खुकुरी प्रहार गरी मृत्यू भएको घटनामा संलग्न भई फरार रहँदै आएका सोमबार प्रहरीले पक्राऊ गरेको हो ।

मोरङको सोहि बुढिगंगा गाउँपालिका वडा नं.-६ गेरावनी बस्ने बर्ष २२ को अजय लिम्बुलाई प्रहरीले हिजो १९ गते पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here