सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाईते

0
597

विराटनगर।

सुनसरी र उदयपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

सुनसरी दुहबी नगरपालिका १० बुद्ध चोकस्थित इनरुवा–दुहबी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को ७ प ३८५९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल सवार दुहबी नगरपालिका ११ तनमुना का २८ बर्षीय जितनारायण उरावको बिराट नर्सिंह होम विराटनगर उपचारको क्रममा मृत्यु भएको छ ।

सोही मोटरसाईकलमा सवार रंगेली नगरपालिका ९ का ३० बर्षीय भीमप्रसाद उरावको सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक र ट्रक चालक उदयपुर कटारी नगरपालिका ५ का २४ बर्षीय सागर मगर ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ ।

उता उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहामा गाईघाटबाट जलजले तर्फ जादै गरेको प्र २–०१–००३ प ८४९१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका ५ देउरी का ३२ बर्षीय प्रभु नारायण चौधरी र पछाडी सवार सोही स्थानका ३१ बर्षीय दिलिप दुलाल घाईते भई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएको थियो ।

घाईते मध्ये दिलिप दुलालको उपचारको क्रममा मृत्यु भएको छ भने अर्का घाईतेको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here