माओवादी केन्द्रका नेता श्रेष्ठलाई कोरोना संक्रमण

0
347

काठमाडौं,

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

नेता श्रेष्ठले शनिबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह पनि गरेका छन्।

‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु‚’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here