खोटाङमा खरको थुप्रोमा सल्किएको आगोमा जलेर महिलाको मृत्यु

0
311

खोटाङ,

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा आगाेमा जलेर एक महिलाकाे ज्यान गएकाे छ ।

खरको थुप्रोमा सल्किएको आगोमा जलेर ४३ वर्षीय मञ्जु परियारको ज्यान गएकाे हाे ।

फुसको छानो हटाउने अभियान अन्तर्गत जस्ता हाल्नका लागि छानाबाट निकालेर थुपारिएको खरको थुप्रोमा आगलागी हुँदा परियारको हिजाे बेलुका घट्नास्थलमै ज्यान गएकाे हाे ।

खरको थुप्रो नजिकै आगो बाल्ने क्रममा आगो सल्किँदा उहाँकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताउनुभयो ।

घरमा कोही नभएका बेला रक्सी खाएर खरको थुप्रो नजिक आगो बालेकी परियारको भाग्न नसकेर ज्यान गएको ठाकुरले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here