स्मृतिलाई सहारा सूर्याेदय स्पिचको उपाधी

0
555

बिर्तामोड ।

सहारा सूर्याेदय स्पिच कन्टेस्ट सिजन ३ को उपाधी निधी सेकेन्डरी स्कुल विर्तामोडकी छात्रा स्मृति सुनुवारले हात पारेकी छिन् ।

शुक्रबार भएको फाइनल प्रतियोगितामा चार प्रतिस्पर्धीलाई पछि पार्दै सुनुवारले उपाधी जितेकी हुन् । यस्तै प्रतियोगिताको दोश्रो र तेश्रो उपाधी न्युटनस एजुकेसन एकेडेमी बिर्तामोडकी छात्रा सिम्रीका बोहोरा र पशुपति बोडिङ्ग स्कुल उर्लावारीका छात्र टेरिज भण्डारीले जितेका छन् ।

विजेताहरु पहिलो,दोश्रो र तेश्रो हुनेले क्रमश तीस हजार,पन्ध्र हजार, दश हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै प्रतियोगिताको सान्तवना स्थान ओगट्न सफल एन्जिला खड्का र एन्जिला बस्नेतले नगद पाँच–पाँच हजार रुपैयाँसहित प्रमाण–पत्र प्राप्त गरेका छन् ।

विजेताहरुलाई प्रमुख अतिथि सहारा नेपाल साकोसका कार्यावहाक अध्यक्ष हरिप्रसाद निरौला र सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका छन् । प्रतियोगिताको निर्णायकमा पत्रकार उमाकान्त खनाल,मेची बहुमुखी क्याम्पस भद्रपुरका एशोसीएट प्रोफेसर शिरोसान्दाई खतिवडा र सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती रहेका थिए ।

सूर्याेदय स्पिच कन्टेस्ट सूर्योदय टेलिभिजनले हरेक वर्ष आयोजना गर्दै आएको छ । प्रदेश स्तरीय यस वक्तृत्व प्रतियोगितामा यस वर्ष इलाम,झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट एक सय जना भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । सूर्याेदय स्पिच कन्टेस्टलाई यस वर्ष सहारा नेपाल साकोसले मुख्य प्रायोजन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here